सुनको भाउमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

१० महिना अगाडि

काठमाडौँ-  नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोलाछापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो। 

 

१० महिना अगाडि

प्रतिक्रिया