प्रधानमन्त्री सुर्खेतमा

मंगलबार, २३ जेठ २०८०, ११ : ५४

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जानका लागि सुर्खेत पुगेका छन् ।

सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी खप्तड लाग्ने कार्यक्रम रहेको छ।  केही दिन अघि खड्काकी भाइ बुहारी सन्जु खड्काको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले खड्काको श्रद्धाञ्जली सभामा सहभागी जनाएका छन्।

 जेठ १६ गते काठमाडौंबाट सुर्खेत जाने क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिकामा कार दुर्घटना हुँदा खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो। श्रद्धाञ्जली सभामा  प्रचण्डको साथमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत पनि सहभागी भएका थिए।

त्यसपछि उनी खप्तड लाग्ने बताइएको छ । खप्तड सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी कृष्णदास लगायतको उपस्थिति रहने छ ।

मंगलबार, २३ जेठ २०८०, ११ : ५४

प्रतिक्रिया