“एनएफआरएस–९ तालिम” तालिम कार्यक्रमको शुरुवात

बुधबार, २४ जेठ २०८०, ०९ : ५७

काठमाडौँ- डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल र एस.ए.आर. एड्भाइजर्सको संयुक्त आयोजना र ई एण्ड वाई श्रीलंकाको सहयोगमा आयोजना गरिएको ३ दिने “एनएफआरएस–९ तालिम” तालिम कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत थापाले गर्नु भएको छ । 

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा इन्ष्टच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष श्री सुनिर ढुंगेल तथा डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका पदाधिकारीहरुको समेत उपस्थिति थियो । 

उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । ३ दिनसम्म चल्ने उक्त तालिममा बिकास बैंकका वित्त, लेखापरिक्षण आदि विभागका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रमको तेस्रो दिन बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । 

नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस–९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेण्ट बैंकर्स एशोसियसनले यस्तो अग्रसरता लिएको हो । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्रुत थापाले डेभलपमेण्ट बैंकर्स एशोसियसनले योजनाबद्धरुपमा आप्mना सदस्य बैंकहरुलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न गराउनको लागि विशेष पहल गरेको देख्दा खुशी लागेको बताउदै नियमनकारी निकायको निर्देशनमा मात्र भर पर्नु भन्दा पनि यसरी आफै अग्रसर भइ कार्य गर्दा सबैलाई राम्रो हुने बताउनु भयो । 

इन्ष्टिच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष श्री सुनिर ढुंगेलले कार्यक्रमको सफलताको शुभकामना दिदै बिकास बैंकहरुका लागि आवश्यक पर्ने ज्ञान आदान प्रदान गर्न आफुहरु सदैव तत्पर रहेको बताउनु भयो । 

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यस्का लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरु लगाएतले जान्न र बुझ्नु पर्ने बिषय भएकाले सुझाबका र आवश्यक्ताका आधारमा  थप कार्यक्रम गर्दै जाने बताउनु भयो । 
 

बुधबार, २४ जेठ २०८०, ०९ : ५७

प्रतिक्रिया