बैंकिङ प्रणालीमा तरलता सहज हुँदै, अन्तरबैंक ब्याजदर पनि लगातार घट्दै

बुधबार, २४ जेठ २०८०, १० : ४०

काठमाडौँ-  पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर लगातार घटिरहेको छ। 

लामो समयसम्म ७ प्रतिशत कायम रहेको अन्तरबैंक ब्याजदर अहिले ६ प्रतिशतको लाइनमा झरेको छ। जेठ २२ गते अन्तरबैंक ब्याजदर घटेर ६।६६ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत जेठ २० गते अन्तरबैंक ब्याजदर घटेर ६।७५ प्रतिशत कायम भएको थियो। 

अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी ९तरलता० सहज हुँदै गएको संकेत गर्छ। यसलाई बैंकिङ प्रणालीमा पैसा सहज हुँदै गएको भन्ने बुझ्नुपर्ने एक बैंकरले बताए। बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा अन्तरबैंक ब्याजदरसहित अन्य ब्याजदरहरु पनि घट्ने ती बैंकरको भनाइ छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार दुई दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ। गत जेठ २० गतेसम्म कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा जेठ २२ गतेसम्म बढेर ५५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। 

यो दुई दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ। गत जेठ २० गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेको जेठ २२ गतेसम्म बढेर ४८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। 

जेठ २२ मा बैंकहरुको औसत सीडी रेसियो घटेर ८४।४९ प्रतिशतमा झरेको छ। गत जेठ २० गतेसम्म औसत सीडी रेसियो ८४।५६ प्रतिशत थियो।  

बुधबार, २४ जेठ २०८०, १० : ४०

प्रतिक्रिया