हकप्रद सेयर निष्कासन प्रयोजनार्थ नेसनल हाइड्रोपावरको  बुक क्लोज मिति तय

बुधबार, २४ जेठ २०८०, १० : ५२

काठमाडौँ-  नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो। 

यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँसो असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्। 

कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १०ः५ अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले प्रतिसेयर १०० अंकित दरका कुल १ करोड ६४ लाख ४२ हजार ९१९.४३५५ कित्ताको ५० प्रतिशत अर्थात ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद जारी गर्नेछ। 

 

बुधबार, २४ जेठ २०८०, १० : ५२

प्रतिक्रिया