सुनको भाउ बढ्यो, चाँदीको भने  स्थिर

९ महिना अगाडि

काठमाडौँ- नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो। 

 

९ महिना अगाडि

प्रतिक्रिया