सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

१० महिना अगाडि

काठमाडौँ-  नेपाली बजार बिहीबार सुनको भाउ ओरालो लागेको छ।

 आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो। 

१० महिना अगाडि

प्रतिक्रिया