आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन कामना सेवा विकास बैंकको अनुरोध

शुक्रबार, २६ जेठ २०८०, ११ : ३१

काठमाडौं-  कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो ११औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो ।

बैंकले आव २०७३.७४ को नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त लाभांश शेयरधनीहरुलाई एक महिनाभित्र बुझिलिन आग्रह गरेको हो ।

साथै शेयरधनीहरुले सो अवधिभित्र आफ्नो बक्यौता नगद लाभांश बुझिलिन नआएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । सम्बन्धीत शेयरधनीहरुले सो लाभांश शेयर रजिष्ट्रार कार्यालय बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

शुक्रबार, २६ जेठ २०८०, ११ : ३१

प्रतिक्रिया