स्पेक ‘ओरा–०३’ को  बुकिङ ३ दिन पछि खुल्ला

१० महिना अगाडि

काठमाडौं-  चिनियाँ ब्राण्ड ग्रेटवालको इलेक्ट्रीक सब ब्राण्ड ओराको नयाँ विद्युतीय कार नेपालमा बिक्री सुरु हुने भएको छ । यसअघि नेपाल आएर पनि बिक्री सुरु नभएको ओरा गुडक्याट कै अष्ट्रेलियन स्पेक ‘ओरा–०३’ तीन दिनपछि बुकिङ खुल्ला हुन लागेको हो ।

ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले यसअघि नै बजेटपछि ओरा–०३ इलेक्ट्रीक कार नेपालमा बिक्री सुरु हुने जनाएको थियो ।

‘हामीले बजेटपछि राम्रो मुल्यमा बिक्री सुरु गर्ने योजना बनाएको ओरा-०३ सम्भवत आइतबार वा सोमबारबाट बुकिङ खुल्ला हुनेछ’, भीजी इम्पेक्स स्रोतले मेरोअटोसँग भन्यो ।


ओरा-०३ मा ४८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले एक पटकको फुल चार्जमा ३१० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । यो कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको मतलव कारले अधिकतम १३३ हर्सपावर र २५० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

ओरा–०३ निकै सुरक्षीत कार रहेको छ । यसले यूरोपियन एनक्यावको क्र्यास टेष्ट सेफ्टी रेटिङमा फाइभ स्टार रेटिङ पाएको छ ।

ह्याचव्याक कारको डिजाइनमा बनेको भएता पनि यो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १६०३ एमएम तथा २६५० एमएमको ह्वीलवेस रहेको छ ।

कारलाई प्रिमियम बनाउन यसको क्याविनलाई उत्कृष्ट फिचरले भरिपूर्ण बनाइएको छ । दुुई वटा १०.२५ इन्चको डिस्प्ले प्यानल, वायरले मोवाइल चार्जिङ प्याड, सिक्सवे पावर एड्जस्ट ड्राइभर सिट, अटोडिमीङ रियरभ्यू मिरर, ३६० डिग्री क्यामरा यसमा पाउन सकिन्छ ।

सुरक्षाको लागि कम्पनीले यसमा ७ वटा एयरव्याग, अटोनोमस इमेर्जेन्सी व्रेकिङ, फर्वाड कोलीजन वार्निङ, लेन किप लेन डिपाचर वार्निङ, व्लाइण्ड स्पट मोनिटरिङ, क्रस ट्राफिक अलर्ट जस्ता फिचरहरु दिएको छ ।

निकै क्लासिक डिजाइनमा तयार भएको ओरा.०३ मा १८ इन्चको अलोय ह्वील, एलइडी डीआएल, प्रोजेक्टर हेड ल्याम्प, एलइडी टेल ल्याम्प पाउन सकिन्छ ।

कम्पनीले यसको मूल्य ४८ लाखको वरीपरी मूल्य रहनेगरी बुकिङ खुल्ला गर्ने अनुमान गरिएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया