नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग छुटको लागि सम्झौता

१० महिना अगाडि

काठमाडौं-  नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग छुटको लागि सम्झौता गरेको छ ।

उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्ट मार्फत सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् । हाल सम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

१० महिना अगाडि

प्रतिक्रिया