१२ लाखको अक्टोपस आयात

शनिबार, २७ जेठ २०८०, १३ : ०८

काठमाडौँ- चालू आर्थिक वर्ष २०८९र८० को १० महिनाको अवधिमा १२ लाख रुपैयाँको अक्टोपस आयात भएको छ । भन्सार विभागले दिएको जानकार अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा उक्त मूल्यको अक्टोपस भित्रिएको हो ।
 
यस अवधिमा विदेशबाट ३४० किलोग्राम अक्टोपस भित्रिएको विभागको तथ्यांक छ । उक्त परिणामको अक्टोपस आयात हुँदा राज्यले ५ लाख ९५ हजार रुपैयाँ राजश्व उठाएको छ ।

 नेपाल भित्रिएको सम्पूर्ण अक्टोपस थाइल्याण्डबाट आउने गरेको तथ्यांक छ । नेपालमा सी फूडको प्रचलन बढ्दै जाँदा अक्टोपस लगायत विभिन्न प्रकाकार समुन्द्री माछाको आयात वर्षेनी बढ्दै गइरहेको छ ।

शनिबार, २७ जेठ २०८०, १३ : ०८

प्रतिक्रिया