रिलायन्स फाइनान्सद्धारा लाभांश प्रस्ताव

आइतबार, २८ जेठ २०८०, ११ : ००

काठमाडौँ- रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको शुक्रबार ९जेठ २६ गते० बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको कुल ६.८४ प्रतिशतले हुन आउने ७ करोड २० लाख ४७ हजार ८०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ६।५ प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशतले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

 

आइतबार, २८ जेठ २०८०, ११ : ००

प्रतिक्रिया