अल न्यू स्पोर्टेजको बुकिङ खुल्ला

११ महिना अगाडि

काठमाडौं-  कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले अल न्यू स्पोर्टेजको बुकिङ खुल्ला गरेको छ । विगत एक वर्षदेखि बिक्री बन्द भएको स्पोर्टेज अब भने नेपाल आउने भएको हो ।

कम्पनीले शुक्रबारबाट अल न्यू किया स्पोर्टेजको बुकिङ खुल्ला गरेको हो । पहिलेको तुलनामा व्यापक परिमार्जन भएर आउन लागेको स्पोर्टेज थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल मोडल हो ।

विगतमा जस्तै २.० लिटर इन्जिनमा उपलब्ध हुने किया स्पोर्टेजको अहिले एउटा मात्रै भेरियन्ट एक्स–लाइनको आधिकारीक बुकिङ खुल्ला भएको हो । यसको मूल्य कम्पनीले अहिलेसम्म बाहिर ल्याएको छैन । तर, आज भोलिमा नै सार्वजनिक हुने मूल्यमा स्पोर्टेज एक्स लाइनको मूल्य १ करोड २५ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।


कियाको सर्वाधिक सफल एसयूभी स्पोर्टेज निकै उत्कृष्ट फिचरको संयोजनमा आउने छ । कम्पनीले यसलाई आधुनिक फिचरले भरिपूर्ण बनाएर ल्याएको छ । यूरोप र अमेरिकी बजारमा बिक्री हुँदै आएको स्पोर्टेज नेपालमा पनि निकै राम्रो संख्यामा बिक्री हुने कम्पनीले अपेक्षा गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तीन इन्जिन अप्सनमा उपलब्ध स्पोर्टेज नेपाल भने रेगुलर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा आउने छ । अन्य देशमा भने यसको हाइब्रिड र प्लगइन हाइब्रिड मोडल पनि बिक्री हुँदै आएको छ ।

किया स्पोर्टेज एक्स लाइन भेरियन्टमा १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, टचबाटै कन्ट्रोल गर्न सकिने फिचरहरु, ८ इन्चको ड्राइभर इन्फर्मेशन डिस्प्ले, अटोमेटीक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, लेदर सिट पाउन सकिन्छ ।

सुरक्षाको लागि एसयूभीमा ड्राइभर एसिस्ट्यान्स टेक्नोलोजी, एडप्टीभ क्रुज कन्ट्रोल, हुन्डाईको स्मार्ट पार्क सिस्टम, हाइबे सेफ्टी, एयरब्याग जस्ता फिचर दिएको छ ।

११ महिना अगाडि

प्रतिक्रिया