सुनको मुल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

सोमबार, २९ जेठ २०८०, १० : ५३

काठमाडौँ-  नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ। 

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो। 

 

सोमबार, २९ जेठ २०८०, १० : ५३

प्रतिक्रिया