नयाँ केमस्ट्री भएको सोडियम आयोन ब्याट्री बनाउने तयारीमा बीवाइडी

११ महिना अगाडि

काठमाडौं-  विश्वको सबैभन्दा सुरक्षीत अत्याधुनिक व्लेड ब्याट्री उत्पादनमा पाएको सफलतापछि चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले नयाँ केमस्ट्री भएको सोडियम आयोन ब्याट्री बनाउने भएको हो ।

कम्पनीले हालै मात्र चीनको जीयान्सु प्रान्तको जुझाउ इकोनोमिक एण्ड टेक्नलोजी डेभलपमेन्ट जोनमा विश्वको सबैभन्दा ठूलो उत्पादन वेस बनाउने सम्झौंता गरेको हो ।

सोडियम आयोन टेक्नलोजीको ब्याट्री उत्पादन गर्नका लागि कम्पनीले हुवाय होल्डीङ् गु्रप अन्तर्गतको फिनड्रिम्स नामक कम्पनीसँग जोयन्ट भेन्चरमा कम्पनी स्थापना गरेको हो ।


विश्वमा बन्ने साना ईभीहरुको लागि उपयुक्त सोडियम आयोन ब्याट्रीको मास प्रोडक्सन यसै वर्षबाट सुरु हुने कम्पनीले जनाएको छ । पहिलो उत्पादन भने बीवाईडीको कम्प्याक्ट ह्याचव्याक कार सिगलमा प्रयोग गरिने पक्का भएको छ ।

११ महिना अगाडि

प्रतिक्रिया