कोहलपुर बसपार्कमा बनेको चार्जिङ सेन्टर संचालनमा

मंगलबार, ३० जेठ २०८०, १२ : ००

काठमाडौं-  नेपाल विद्युत प्राधिकरणले बनाइरहेको फास्ट चार्जिङ नेटवर्क मध्ये बाँकेको कोहलपुर बसपार्कमा बनेको चार्जिङ सेन्टर संचालनमा आएको छ ।

प्राधिकरण चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टका प्रमुख सागरमणी ज्ञावालीले आफ्नो सोशल मिडिया पेजमा कोहलपुर बसपार्कमा बनेको चार्जिङ सेन्टरमा सिसिएस २ गन भएको चार्जर संचालनमा आएको र प्रयोग गरेर फिडब्याक दिन आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोहलपुर बसपार्कको सिसिएस–२ चार्जरमा गाडी चार्जगरी अनुभव सेयर गर्नुहोला ।’


नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी वाङबाङ डिजिटल इनर्जीलाई निर्माणको जिम्मा दिएको ५१ स्थानको चार्जर लगभग सबै स्थानमा संचालनमा आउन लागेको हो ।

प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस–२ र जीबीरटी गन भएको ६०/६० किलोवाट क्षमता दुई डीसी फास्ट चार्जर उपलब्ध छन् ।

मंगलबार, ३० जेठ २०८०, १२ : ००

प्रतिक्रिया