काठमाडौं- विद्युतीय कारको माग वृद्धि भएसँगै दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाली बजारमा आउने भएका छन् । नेपाल आउने क्रममा रहेका दुबै एसयूभी एमजी जेडएस र बीवाइडी एटो थ्रीका प्रतिस्पर्धी मोडल हुन् ।
चिनियाँ कम्पनी डिएफएसके सेरेसले उत्पादन गरेको ‘ई–थ्री’ र चेरीले उत्पादन गरेको अमोडा–फाइभ इलेक्ट्रीक एसयूभी नेपाल आउन लागेको हो । यी दुई मध्ये डिएफएसके सेरेस एसयूभी जुलाई महिना मै नेपाल आउने छ भने चेरीको एसयूभी आगामी नाडा अटो शो २०२३ मा प्रदर्शनी हुनेछ ।
प्रतिक्रिया