सुनको भाउमा भारी गिरावट

बुधबार, ३१ जेठ २०८०, १० : ५६

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। 

आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५  रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, ३१ जेठ २०८०, १० : ५६

प्रतिक्रिया