सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैँ छ कारोबार ?

विहीबार, ३२ जेठ २०८०, १२ : ४०

काठमाडौँ - नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।

आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार आज छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विहीबार, ३२ जेठ २०८०, १२ : ४०

प्रतिक्रिया