सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, ०१ असार २०८०, १० : ४७

काठमाडौँ-  नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो। 

 

शुक्रबार, ०१ असार २०८०, १० : ४७

प्रतिक्रिया