इको इन्फिनिटीको तिन नयाँ स्कुटर लन्च

शुक्रबार, ०१ असार २०८०, १४ : ४४

काठमाडौँ- इको इन्फिनिटी प्रा.लि.को नयाँ सोरुम आज देखि टेकुमा सञ्चालनमा आएको छ । कम्पनीले आज टेकुमा एक औपचारीक कार्यक्रम गरेर उक्त सोरुमको उत्घाटन गरेको थियो ।

कम्पनीले तिन ओटा फरक फरक ( NSport, GOVA03  र MQi + Sport  ) स्कुटर लन्च गरेको छ । जसमध्ये  NSport  को मुल्य ३ लाख ४८ हजार रहेको छ । त्यस्तै GOVA03 को मुल्य २ लाख ७७ हजार रहेको छ  र  MQi + Sport को मुल्य २ लाअ ७६ हजार रहेको कम्पनीले जनाएको छ ।                 

कम्पनीले यसै अवसरमा एक प्रस वक्तव्य पनि जारी समेत गरेको छ । वक्तव्य यस प्रकार रहेको छ ।

 इको इन्फिनिटी प्रा.लि. ले सन् २०१७ देखी नेपालमा NIU इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीको सुरुवात गरेदेखि नै स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकको रुपमा रहेको छ । हाल NIU को पोर्टफोलियोमा ६ सिरिजका,NQi, MQi, UQi, NIU Aero, Gova, KQi ब्राणडहरू उपलबध रहेका छन्, जसमा उपभोक्ताका लागि मल्टिपल मोडल र स्पेसिफिकेसनहरु र NIU एसेसोरिजहरु रहेका छन् ।

विश्वको अग्रणी लिथियम पावर्ड इलेक्ट्रिक टू ह्वीलर कम्पनीको रूपमा, NIU को चौथो पुस्ताको NIU इनर्जी TM लिथियम ब्याट्री टेक्नोलोजीमा लामो समयसम्म टिक्ने ब्याट्री छ । जसले लामो Range उपलब्ध गराउदछ । यो अनुभव अहिले नेपालका हजारौं NIU राइडरहरुले पनि गरेरहेका छन् । यो आधुनिक लिथियम-आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कूटरहरूलाइ झनै सक्षम बनाउँछ, जसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन । NIU इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, एक गतिशील सेल्फ- लर्निंग ब्याट्री व्यवस्थापन प्रणाली(BMS) र कन्फ़िगर योग्य क्षेत्र( उन्मुख नियन्त्रण (Field-Oriented Control/FOC) मार्फत यसको उद्देश्यहरू प्राप्त गर्दछ ।

आज, हामी सबैले नेपालमा सहरी गतिशीलता, अवधारणा र छनौटमा परिवर्तन देख्नसक्छौं । ६ वर्ष भन्दा बढीको अनुभव, हाम्रा ग्राहकहरुको सहयोग, हाम्रो सेल्स र आफ्टर सेल्स टिममा रहेका विशेषज्ञता र शोरुम को अनुभवले आज हामी त्रिपुरेश्वरमा थप नया Showroom सुरुवात गरन सफल भएका छौं। सबभन्दा बढी महत्वपूर्ण कुरा, नेपाल सरकारको सहयोगी नीति र नियमहरुको साथ, हामी सबै हाम्रो देशमा दिगो यातायात विकल्पहरुको रोमाञ्चक भविष्यको आशा गर्न सक्दछौं ।

इको इन्फिनिटी प्रा. लि. ले NIU ब्राण्डका दुई पाङ्ग्रे सवारीका मध्यमले ग्राहकहरुलाई शहरी गतिशीलतालाई पुनः परिभाषित गर्न र नेपालमा वायु प्रदूषण कम गर्न, थप सुविधाजनक र अधिक वातावरण मैत्री स्मार्ट शहरी गतिशीलता सवारी वाहनहरू निरन्तर प्रदान गर्न प्रतिबद्ध छ। अब हाम्रो काम र प्राथमिकता- NIU ब्राण्डका खरिदकरतालाई सहज बित्तिय सुबिधा उपलब्धतामा काम गर्ने, सस्तो ब्याट्री विकल्पहरूको लागि समाधानहरूमा काम गर्ने, आफ्टर सेल्स विशेषज्ञहरूको टोली, स्पेयर पार्ट्स र उपलब्धता आदिको साथ हाम्रो बिक्री पछिका सेवा बढाउने आदि रहेको छ ।

शुक्रबार, ०१ असार २०८०, १४ : ४४

प्रतिक्रिया