जेठ महिनामा केबलकार यात्रा गर्नेको सख्या अहिलेसम्मकै उच्च

शुक्रबार, ०१ असार २०८०, १७ : ३५

काठमाडौँ - मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। 

आर्थिक वर्षको जेठ महिनामा झन्डै १ लाख ५० हजार यात्रुले मनकामना केबुलकारमार्फत मनकामना यात्रा गरेका छन्। यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ। 

यसअघि आ।ब २०७५–७६ मा जेठ महिनामै १ लाख ३५ हजार२७२ को मासिक रेकर्ड थियो। जुन चालु आर्थिक वर्षको जेठ महिनामा तोडिएको छ। यसरी चालु आर्थिक वषैको जेठ महिनाको औसत प्रतिदिन यात्री ४ हजार ७०० पुगेको छ।

शुक्रबार, ०१ असार २०८०, १७ : ३५

प्रतिक्रिया