काठमाडौं – बजेट भाषणपछि व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य वृद्धि गरेका छन् । खासगरी भ्याटको बहानामा आलु र प्याजको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेपछि सरकारको ध्यानाकर्षण भएको पाइएको छ ।
कृषि उपज तथा आलु÷प्याजमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको घोषणासँगै भ्याटको बाहनामा मुल्य बढाउने व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्वाही गर्ने भएको हो ।
भ्याटको बहानामा व्यवसायीले मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि विभागले विज्ञप्ती नै जारी गर्दै मूल्य वृद्धि गरे कार्वाही गर्ने चेतावनी दिएको हो ।
विभागले जारी गरेको विज्ञप्तिमा वस्तुको स्वभाविक मूल्यभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दण्डनीय अपराध भएको उल्लेख छ । ‘आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पेश भएको बजेटमा प्याजको आयातमा मूल्य अभिवद्धि कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वभाविक मूल्यभन्दा उच्च मूल्यमा बेच्न पाइँदैन ।’, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया