सुनको मुल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, ०३ असार २०८०, १० : ४९

काठमाडौँ-  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।  

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, ०३ असार २०८०, १० : ४९

प्रतिक्रिया