काठमाडौँ - कारोबारको दोस्रो दिन आज सोमबारको सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ ।
जसअनुसार आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया