विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

सोमबार, ०४ असार २०८०, १२ : २३

काठमाडौँ - नेपाल राष्ट्र बैंकले  सोमबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २९ पैसा र बिक्री दर १४३ रूपैयाँ ६९ पैसा रहेको छ।  

 अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रूपैयाँ २९ पैसा र बिक्री दर १६८  रूपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ  २४ पैसा र बिक्रीदर  १० रूपैयाँ २९ पैसा रहेको छ।

 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा तोकिएको छ । 

सोमबार, ०४ असार २०८०, १२ : २३

प्रतिक्रिया