महिला कारागारमा दंगा हुँदा ४१ जनाकोे मृत्यु

बुधबार, ०६ असार २०८०, १४ : ४५

 काठमाडौं – होन्डुरसको महिला कारागारमा रहष्यमय ढंगले दंगा भड्केको छ । उक्त दंगामा परी ४१ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ।

समाचारमा जनाइए अनुसारमंगलबार कारागारभित्र रहेको दुई ग्याङबीच झडप भएको बिबिसीले जनाएको छ। जसमध्ये एउटा पक्षले कारागारमा आजगनी समेत गरेको थियो।

कारागारमा आगलागी भएपछि कतिपयको मृत्यु भएको हो। कतिपयको भने गोली लागेर समेत मृत्यु भएको छ।

होण्डुरसकी उपसुरक्षामन्त्री जुलिसा विलानुभाले आपतकालिन घोषणा गरी दंगालाई नियन्त्रणमा लिने वाचा समेत गरेकी छन्। उनले कारागारभित्र अग्निनियन्त्रक, प्रहरी र सेनालाई पनि खटाएकी छन्।
‘मानवीय क्षति सह्य छैन,’ उनले भनेकी छन्। यस घटनामा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने पनि उनले चेतावनी दिएकी छन्।

उक्त कारागार राजधानी तेगुसिगाल्पाबाट २० किलोमिटर टाढा रहेको कारागारमा ज्यान गुमाउने सबै कैदी मात्रै हुन् भन्ने यकिन भइसकेको छैन। उक्त कारागारमा ९ सय जना कैदी छन्।

 

 

बुधबार, ०६ असार २०८०, १४ : ४५

प्रतिक्रिया