काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ।
हिजो बिहीबार पनि सुनको भाउ ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
समग्रमा यो साता सुनको भाउ तोलामा २ हजार रुपैयाँले र चाँदीको भाउ ९० रुपैयाँले घटेको छ।
प्रतिक्रिया