गलत सूचना प्रवाहप्रति उद्योगको गंभिर रुपमा ध्यानाकर्षण

शुक्रबार, ०८ असार २०८०, १४ : ४६

काठमाडौँ - घोराहि सिमेन्ट ईण्डष्ट्रि लि.को प्रिमियम मूल्यमा आई.पि.ओ.९क्ष्एइ०मा शेयर निष्काशनको खुल्ला अवधि भित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्याति माथी नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाहप्रति  उद्योगको गंभिर रुपमा ध्यानाकर्षण भएको छ । बदनियतपुर्ण अनर्गल प्रचारको क्रममा उठाईएका सम्पूर्ण बिषयहरुको बारेमा पूर्ण पारदर्शि रुपमा स्पष्ट पार्न सदा तत्पर रहेको उद्योगले जनाएको छ ।

शेयरको सार्वजनिक निष्काशन हुनु भन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत बिभिन्न नियामक निकायहरुको पूर्ण सहभागिता रहेको हुन्छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ्ग प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन सदैब तत्पर रहेको उद्योगले बताएको छ । धितोपत्र बोर्डद्धारा स्वीकृत  भए पश्चात निष्काशन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानिय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरि शेयर बाँडफाँड भईसकेको अवस्था छ । सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजानिक निष्काशन स्थगन गर्ने पत्रमा घोराहि सिमेन्टलाई बोधार्थ मात्र दिईएको छ । 

क्रेडिट रेटिङ्ग प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रबर्धकहरुको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको कम्पनीले प्रष्ट पारेको छ । नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ्ग कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरि तत्काल नै रोकिन गएको शेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा उद्योग विश्वस्त रहेको छ ।

अमुल्य विदेशी मुद्रा संचिति तथा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि ३००० भन्दा बढी जनशक्तीलाई रोजगारी प्रदान गर्दै आएको पुर्ण रुपमा स्वदेशी लगानीकर्ताहरुबाट प्रवद्र्धित देशकै ठुलो मध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा सम्लग्न लगानी विरोधि समूह तथा सो समुहबाट प्रायोजित कार्य तथा समाचार प्रति उद्योगले खेद व्यक्त गरेको छ । उक्त उद्योगमा लगानी गर्ने शेयरहोल्डर, आवेदनकर्ता, तथा सम्बन्धीत सबैको लगानी सुरक्षाको प्रत्याभुतिको लागि पुर्ण रुपमा प्रतिवद्ध रहेको उद्योगले जनाएको छ ।  
 

शुक्रबार, ०८ असार २०८०, १४ : ४६

प्रतिक्रिया