यस्तो छ आज तरकारी तथा फलफूलको बजार भाउ :

आइतबार, १० असार २०८०, ०९ : २७

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आईतबारको लागि फलफूल तथा तरकारीको मुल्य सार्वजानिक गरेको छ । 

 जस अनुसार आज आइतबार ठुलो गोलभेडा, झिगूनी, हाइब्रीड काक्रो र माछे खुर्सानी प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा ९ रुपैयाँ ६० पैसा, रातो र सेतो आलु ४३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ३३ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ४६ रुपैयाँ ३३ पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली, लोकल काक्रो, भिण्डी, घिउ सिमी र तने बोडी ८५ रुपैयाँ, मकै बोडी, लोकल घिउ सिमी, तितो करेला, सलगम, चुकुन्दर, न्यूरो, गान्टे मूला, आँप र हरियो तरबुजा ७५ रुपैयाँ तोकिएको छ । त्यस्तै, खुर्सानी, रातो बन्दा, लौका प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । 

आइतबार, १० असार २०८०, ०९ : २७

प्रतिक्रिया