सुनको मुल्य बढ्यो,आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, १० असार २०८०, ११ : १२

काठमाडौँ-  नेपाली बजारमा साताको पहिलो आइतबार सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो। 

 

आइतबार, १० असार २०८०, ११ : १२

प्रतिक्रिया