‘मिसेस डिभा नेपाल–२०२३’ को उपाधि धरानकी सोनिका राईलाई

आइतबार, १० असार २०८०, १२ : ४८

काठमाडौंँ-  ‘मिसेस डिभा नेपाल–२०२३’ को उपाधि धरानकी सोनिका राईले जितेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगिताको फष्ट रनरअप प्रमिला माझी र सेकेन्ड रनर अप मिना राई भए ।

विवाहित महिलाहरुको सौन्दर्य निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अभिनेता विशाल विष्ट, मनिष राउत, सौन्दर्यकर्मी हेमा पुनमगर, मिसेस हिमालयन नेपाल २०२० माया लगायत निर्णायक रहेका थिए । 

स्पार्कल आर्ट एकेडेमीले विविध नृत्यहरु प्रस्तुत गरेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् । 
 

आइतबार, १० असार २०८०, १२ : ४८

प्रतिक्रिया