काठमाडौं- चर्चित मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ स्कुटर ल्याउने भएको छ । हिरोले स्कुटर सेगमेन्टमा आफ्नो पहिलो म्याक्सी डिजाइनमा नयाँ स्कुटर ल्याउने भएको हो ।
हिरोको जयपुर स्थित आर एण्ड डी सेन्टर नजिकै परिक्षणको क्रममा देखिएको स्कुटर म्याक्सी डिजाइनमा देखिन्छ । हिरोले यसअघि देखाएको पेटेन्ट स्केच अनुसार नै नयाँ म्याक्सी स्कुटर तयार भएको देखिन्छ ।
स्कुटरको साइड प्यानल निकै सार्प देखिएको छ । एग्रोनोमिक रुपमा राखिएको ह्यान्डलबार र दुई खण्डमा बाँडिएको सीटले स्कुटरको लुक्स निकै आकर्षक र स्पोर्टी बनाएको देखिन्छ ।
हिरोले निर्माण गरेको पहिलो म्याक्सी स्कुटरमा स्प्लीट हेडल्याम्प सेटअप, एंगुलर फ्रन्ट फेसिया, टे«न्डी रियर भ्यू मिरर, सार्प टर्न इन्डिकेटर, सबै एलइडी लाइट, अपस्वेप्ट एग्जस्ट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मोबाइल कनेक्टेड फिचर यसमा रहने अनुमान गरिएको हो ।
त्यसैगरी, कम्पनीले सुरक्षाको हिसाबले स्कुटरमा इग्निसन अलर्ट, एसओएस अलर्ट, दुर्घटना अलर्ट, ओभर स्पीड अलर्ट, चोरी अलर्ट, ब्याट्री वार्निङ अलर्ट, जियोफेन्स अलर्ट जस्ता सुरक्षा फिचरहरु हुनेछन् ।
यो स्कटरको इन्जिन क्षमता १५५ सीसीको हुने अनुमान गरिएको छ । यो स्कुटरले यामाहा एरोक्स १५५ सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया