कर्पोरेट पेमार्फत जेठ महिनामा ५० अर्बभन्दा बढीको कारोबार

सोमबार, ११ असार २०८०, १८ : ५०

काठमाडौँ - कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा रु ५० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । यो सञ्चालन भएको माघ २०७७ महिनादेखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो । 

 गत आर्थिक वर्ष  कुल रु १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेट पेमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने रु ४२१ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फर्छ्योट भइसकेको छ । 

 बैंकरवित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रूपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार सङ्ख्या दुई गुणाले वृद्धि भएको कम्पनीले जनाएको छ ।

सोमबार, ११ असार २०८०, १८ : ५०

प्रतिक्रिया