नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक जना पक्राउ

मंगलबार, १२ असार २०८०, ०७ : ३५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जना फरार अभियुक्तमध्ये २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुढाथोकीको बैंक खातामा नक्कली शरणार्थी प्रकरणका बिचौलियाले उठाएको रकम जम्मा गरेको भेटिएको छ। 

यसअघि यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना जेल चलान भइसकेका छन्। १८ मध्ये टंक गुरुङ र लक्ष्मी महर्जन काठमाडौं अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन्। 

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त रहेकामध्ये अझै ११ जना फरार रहेका छन्।

मंगलबार, १२ असार २०८०, ०७ : ३५

प्रतिक्रिया