काठमाडौँ- नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।
आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले नै बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया