सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, १३ असार २०८०, १० : ५६

काठमाडौँ-  नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, १३ असार २०८०, १० : ५६

प्रतिक्रिया