यसरी मनाइन्छ हरिशयनी एकादशी

विहीबार, १४ असार २०८०, ०८ : ५८

काठमाडौँ- आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी एकादशीका रूपमा मानिँदै आएको छ । यस दिन नेपाल, भारतलगायत विश्वका प्रायः सबै हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मोठ बनाएर तुलसी रोप्ने र विधिपूर्वक व्रत बस्ने परम्परा रहिआएको छ । 


यो व्रत लिने भक्तजनहरूले एकादशीका दिन ब्रह्म मुहूर्तमा उठेर नित्यकर्म गरी घरको साफसफाइ गर्छन् । स्नान गरेर पवित्र जल छर्केर घर शुद्ध बनाएपछि भक्तजनहरूले घरको पूजाकोठामा सुन, चाँदी, तामा अथवा पितलको भगवान् विष्णुको मूर्ति स्थापना गर्छन् ।


हरिशयनी एकादशीका दिन तुलसीको रोपण गर्ने, सजाउने गरिन्छ । त्यस क्रममा घरको बाहिर मोठ बनाएर तुलसीको बिरुवा रोपण गरिन्छ । त्यस मोठलाई फूलमालाले सजाइन्छ । ‘आजदेखि चार महिनासम्म तुलसीमा जल चढाउने, विष्णु र तुलसीको पूजा गर्ने गरिन्छ,’ पाञ्चाङ्ग निर्णायक समिति सदस्य प्राडा देवमणि भट्टराई भन्छन्, ‘हरिबोधनी एकादशीका दिन दामोदर भगवानको पूजा गरेर तुलसी विवाह गरिदिएर यो व्रत समाप्त गरिन्छ ।’ 

विहीबार, १४ असार २०८०, ०८ : ५८

प्रतिक्रिया