अरुण काबेली हाइड्रोपावरले पायोहकप्रद शेयर निष्काशन गर्ने अनुमति

विहीबार, १४ असार २०८०, १० : १२

काठमाडौैँ- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अरुण काबेली हाइड्रोपावरलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो।

कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

विहीबार, १४ असार २०८०, १० : १२

प्रतिक्रिया