पप्पु कन्ट्रक्सनका कर्मचारी पक्राउ

शनिबार, १६ असार २०८०, ०७ : १५

काठमाडौँ - नेपाल प्रहरीले काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरिएको बताउनुभयो ।

नेपालगञ्ज प्रहरीको अनुरोधमा पक्राउ गरिएको र उनलाई नेपालगञ्ज नै पठाइने उहाँले जानकारी दिनुभयो ।

शनिबार, १६ असार २०८०, ०७ : १५

प्रतिक्रिया