५ करोड रुपैयाँको ब्याण्डेज आयात

शनिबार, १६ असार २०८०, १५ : ०१

काठमाडौँ - चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट सो ५ करोड रुपैयाँको ब्याण्डेज आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार जेठदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको ब्याण्डेज भित्रिएको हो । यस अवधिमा १ लाख ७ हजार किलोग्राम ब्याण्ड भित्रिएको तथ्यांक छ । र, व्यवसायीले उक्त परिणामको ब्याण्डेज भित्र्याउँदा राज्यलाई ५ करोड ४४ लाख रुपैयाँ भन्सार राजश्व तिरेका छन् । यस्तै, यस अवधिमा विदेशबाट २ करोड १९ लाख रुपैयाँ बराबरको २७ हजार किलोग्राम सर्जिकल टेप समेत भित्रिएको छ ।

 
विश्वका ६ वटा देशबाट ब्याण्डेज आउने भएपछि भारतबाट सबैभन्दा धेरै ५ करोड ४४ लाख रुपैयाँको र चीनबाट ४ लाख ५४ हजार रुपैयाँको भित्रिएको छ । यस्तै, सर्जिकल टेप समेत भारतबाट सबैभन्दा धेरै २ करोड १५ लाख रुपैयाँको भित्रिने गरेको छ ।
 

शनिबार, १६ असार २०८०, १५ : ०१

प्रतिक्रिया