काठमाडौं - निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्ममा ३६ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको जेठसम्मको तथ्यांक अनुसार १४ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सगरमाथा लुम्बिनी इन्सुरेन्सले ४ अर्ब ८ अर्ब ८६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले पनि ४ अर्ब १ करोड ७४ लाख रुपैयाँ भन्दा बढी बिमा शुल्क आर्जन गरेको छ ।
अरु कुनको कति छ ? हेरौं
प्रतिक्रिया