सुनको मुल्य घट्यो आज कतिमा हुदैँछ कारोबार?

सोमबार, १८ असार २०८०, १० : ५१

काठमाडौँ-  नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। 

 आज प्रतितोला छापावाल सुनमा १०० रुपैयाँ र तेजाबी सुनमा ५० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो। 

 

सोमबार, १८ असार २०८०, १० : ५१

प्रतिक्रिया