एक कम्पनीको सञ्चालक परिवर्तन

सोमबार, १८ असार २०८०, ११ : ११

काठमाडौं-  नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक परिवर्तन गरेको छ ।

 कम्पनीले नविल बैंकबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक निरज कुमार बस्नेतको स्थानमा मनोज कुमार यादवलाई सञ्चालकमा नियुक्त गरेको छ ।

संस्थाको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले यादवलाई सञ्चालकमा नियुक्त गरेको संस्थाले जनाएको छ ।

सोमबार, १८ असार २०८०, ११ : ११

प्रतिक्रिया