वाणिज्य बैंकहरुको औसत आधारदर घट्यो, कति पुग्यो त ?

सोमबार, १८ असार २०८०, १३ : १८

काठमाडौं-  बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ऋणको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ ।

 बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो ।

योसँगै हाल दुई सरकारी बैंकसहित चार वटाको आधारदर एकल अंकमा झरेको छ । जसकारण यी बैंकबाट तुलनात्मक रुपमा सस्तो ब्याजमा ऋण पाइनेछ ।बैंकको आधारदरले नै ऋण लिँदा सस्तो र महँगो पर्ने हुन्छ । बैंकहरुले ऋण प्रवाह गर्दा आधारदरमा प्रिमियम जोडेर ब्याज लिने गर्छन् । राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नबिल बैंक र नेपाल बैंकको आधारदर एकल अंकमा छ । यी बैंकहरुको आधार दर १० प्रतिशतभन्दा तल झरेको छ ।

पछिल्लो समय ऋण प्रवाह कम र निक्षेप आउने क्रम बढी हुँदा अन्तरबैंक ब्याजदर घटेर ५.११ प्रतिशतमा झरेको छ। कुनै समय ८.५ प्रतिशतसम्म पुगेको अन्तरबैंक ब्याजदर ओरालो लाग्ने चरणमा प्रवेश गरेको छ।

बैंकहरूको औसत सीडी रेसियो सामान्य घटेर ८३.९२ प्रतिशत कायम भएको छ। बैंकिङ प्रणालीमा ३ खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य पैसा थुप्रिएको छ।

पछिल्लो समय बैंकहरूले धमाधम ब्याजदर घटाएका छन्। पाँचवटा बैंकको आधारदर एकल अंकमा आएको छ। बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि बैंकहरूले आधारदर घटाउन थालेका हुन्। आधारदरले नै ऋणको ब्याजदर घट्ने बढ्ने निर्धारण गर्दछ। राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नेपाल, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा आएको छ।

बैंकहरूको आधार दर १० प्रतिशत तल झारिएको छ। अब आधारदर सस्तो भएका बैंकहरूको ऋणको ब्याजसमेत सस्तो हुनेछ। बैंकले कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ। आधार दरमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले ऋण लगानी गर्दछन्। त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ, आधार दर घट्दा ब्याजदर पनि घट्दै आउँछ।

‘स्प्रेडदर घटाउनै पर्ने बाध्यताले पनि ऋणको ब्याजदर घटेको बैंकरहरु बताँउछन् ।निक्षेपको नघटे पनि ऋणको भने ब्याजदर घट्दो ट्रेण्डमा रहेको उनीहरु बताउँछन्। अहिले आधारदर घटाएर सार्वजनिक गरिरहेकोले ऋणको ब्याजदर घट्ने निश्चित रहेको धारणा राख्छन् ।
‘स्प्रेडदर ४.२ बाट ४ प्रतिशतमा ल्याउनुपर्ने भएकोले पनि ऋणको ब्याजदर घटेको बैंकहरु बताँउछन् । सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइनेछ।

बैंकको आधार दर ८.२४ प्रतिशत रहेको छ। अन्तर्राष्ट्रिय भुक्तानीका लागि नेपालमा एजेन्सी बैंकिङ गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक भने दोस्रो स्थानमा रहेको छ। बैंकको आधारदर ९.२९ प्रतिशत रहेको छ।सबैभन्दा कम आधार दर हुनेको तेस्रो स्थानमा नेपाल बैंक छ। बैंकको आधार दर ९.५५ प्रतिशत रहेको छ। यस्तै, नबिल बैंकको आधार दर ९.६५ प्रतिशत छ।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१०५ ले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१०५ ले घटेको हो । बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर ९चैत, वैशाख र जेठ० को १०.३४५ मा आएको छ । फागुन, चैत र वैशाखको औसत आधारदर १०.४४५ थियो ।यसअवधिमा तीन वाणिज्य बैंकहरुको औसत आधारदर एकल अंकमा रहेको छ ।

एकल अंकमा आधार दर हुनेमा राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड र नेपाल बैंक रहेको छ । सबैभन्दा कम औसत आधारदर राष्ट्रिय वाणिज्य बैंकको ८.२४५ छ । स्टान्डर्ड चार्टर्डको ९.२९५ र नेपाल बैंकको ९.५५५ औसत आधारदर रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिने गर्छन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ भने बेस रेट घट्दा ब्याजदर पनि घट्दै आउँछ ।

सोमबार, १८ असार २०८०, १३ : १८

प्रतिक्रिया