इन्फिनिटी लघुवित्तको ५८ हजार २७६ कित्ता सेयर बिक्रीमा

मंगलबार, १९ असार २०८०, ०९ : १७

काठमाडौँ – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ५८ हजार २७६ कित्ता सेयर बिक्रीमा राखेको छ। 

 संस्थाले यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेको सेयरमा बिक्न बाँकी रहेको सेयर पुनः बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन्। इच्छुक लगानीकर्ताले १५ दिनभित्र नवलपरासीको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। 

बिक्रीमा राखिएको सेयरको बिक्री मूल्य बिक्रीकर्ता संस्थापक सेयरधनीले तोकेबमोजिम हुने संस्थाले जनाएको छ। 

मंगलबार, १९ असार २०८०, ०९ : १७

प्रतिक्रिया