सुनको मुल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

बुधबार, २० असार २०८०, ११ : १३

काठमाडौँ-  नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो। 

 

बुधबार, २० असार २०८०, ११ : १३

प्रतिक्रिया