नेपाल धितोपत्र बोर्डद्धारा क्युरिटिज एक्सचेन्ज प्रालिमाथि कारबाही

बुधबार, २० असार २०८०, १४ : १३

काठमाडौं-  नेपाल धितोपत्र बोर्डले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिमाथि कारबाही गरेको छ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको छ।

मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख) बमोजिम बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ।

बुधबार, २० असार २०८०, १४ : १३

प्रतिक्रिया