आज पनि बढ्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

विहीबार, २१ असार २०८०, ११ : २४

काठमाडौँ-  नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापिावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

 

विहीबार, २१ असार २०८०, ११ : २४

प्रतिक्रिया