मध्य भोटेकोशीको सञ्चालक समिति चयन

विहीबार, २१ असार २०८०, १६ : २८

काठमाडौँ - मध्य भोटेकोशी जलविद्युत कम्पनीको बुधबार सम्पन्न दसौँ र एघारौँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक चयन भएका छन्। 

काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले सञ्चालकमा ४ जनालाई चयन गरेको हो। सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुलीलाई चयन गरेको छ। 

सभाले ती दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ। 

विहीबार, २१ असार २०८०, १६ : २८

प्रतिक्रिया